धर्म गौतमको ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पित
baahrakhari.com · Sun Aug 16 16:27:07 GMT 2026

काठमाडौं । बीपी कोइरालासँगको सानिध्यमा रहेर लामो समय कांग्रेस राजनीतिमा सक्रिय धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा लगायतले लोकार्पण गरेका हुन् ।
कृति लोकार्पण गर्दै प्रमुख अतिथि सभापति थापाले नेपाली कांग्रेस राष्ट्रिय शक्ति भएको बताए । थापाले कृतिकार गौतमको राजनीतिक जीवन सफल रहेको बताउँदै आजको समयमा यो पुस्तक आधिकारिक र महत्त्वपूर्ण कृति भएको चर्चा गरे । थापाले यो पुस्तक आजका पुस्ताले पढ्नुपर्ने किताब भएको बताए ।
Read full story at source (baahrakhari.com)