ताम्सुका ५८ परिवार पहिरोको जोखिममा
ratopati.com · Sun Aug 16 16:55:11 GMT 2026

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सु गाउँ नै पहिरोको चपेटामा परेको छ । गत बिहीबार राति अविरल वर्षासँगै आएको पहिरोले मानवीय तथा भौतिक क्षति व्यहोरेको ताम्सु गाउँका ५८ घरपरिवार पहिरोको उच्च जोखिममा परेका हुन् ।
ताम्सुमा जम्मा ६० घरपरिवार बसोबास गर्दै आएको थिए । गत बिहीबार राति दुई घर पहिरोले बगाएको छ भने बाँकी ५८ परिवार पनि उच्च जोखिममा रहेको वडाध्यक्ष नन्द थापाले बताए ।
Read full story at source (ratopati.com)