गोरखकाली रबर उद्योग सञ्चालन गर्न अनुगमन
ratopati.com · Sun Aug 16 17:08:44 GMT 2026

गोरखा । लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन विज्ञहरुले अनुगमन तथा अध्ययन गरेका छन् । गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटी नेतृत्वको विज्ञहरुसहितको टोलीले आज गोरखकाली रबर उद्योगको अध्ययन, भ्रमण गरेका हुन् ।
गोरखा नगरपालिका–१३ मभुवामा रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन विश्लेषकीय भ्रमण गरेको सांसद बुर्लाकोटीले बताए । ‘अर्थ, उद्योग र कानुन मन्त्रालयको प्रतिनिधिसहित गोरखकाली रबर उद्योगको विश्लेषकीय भ्रमण गरेका छौँ”, उनले भने, “रबर उद्योग सञ्चालनमा ल्याउने कानुनी सम्भावन के हुन्छ, आर्थिक सम्भावन के हुन्छ भनेर यो भ्रमण पछि छलफल हुन्छ ।”
Read full story at source (ratopati.com)