पब्जी मोबाइल विश्वकपमा एसटुजी च्याम्पियन, नेपालको होर इस्पोर्ट्स आठौँ स्थानमा
baahrakhari.com · Sun Aug 16 17:35:24 GMT 2026
काठमाडौं । नेपाली टोली होर इस्पोर्ट्स पेरिसमा आइतबार सम्पन्न पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा आठौँ स्थानमा रहेर टुंग्याएको छ । एसटुजी इस्पोर्ट्स भने नयाँ च्याम्पियन बनेको छ ।
होर स्पोर्ट्सले आइतबार प्रतियोगिताको अन्तिम चरणमा दक्षिण एसियाकै उत्कृष्ट प्रदर्शन गरेक थियो । कुनै पनि खेलमा चिकन डिनर जित्न नसके पनि होरले १०९ अंकसहित आठौँ स्थान हासिल गर्दै एक लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जित्यो । जसको नेपाली रुपैयाँ एक करोड ९३ लाख बराबर हुन आँउछ ।
Read full story at source (baahrakhari.com)