पब्जी विश्वकपमा होरलाई आठौँ स्थान, एसटूजीले जित्यो उपाधि
ratopati.com · Sun Aug 16 18:09:34 GMT 2026
काठमाडौँ । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली होर इस्पोर्ट्सले आठौँ स्थान हासिल गरेको छ । फ्रान्सको पेरिसमा आइतबार सम्पन्न प्रतियोगितामा होरले अन्तिम चरणमा उत्कृष्ट पुनरागमन गर्दै दक्षिण एसियाली टोलीमध्ये सबैभन्दा राम्रो नतिजा निकाल्न सफल भएको हो ।
अन्तिम दिन होर ११औँ स्थानबाट खेलमा उत्रिएको थियो । तर निर्णायक समयमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै टोलीले तीन स्थान सुधार गर्यो । समग्रमा १०९ अंक जोडेको होरले १ लाख २७ हजार ५ सय अमेरिकी डलर पुरस्कार हात पारेको छ । यो रकम नेपाली रुपैयाँमा करिब १ करोड ९३ लाख बराबर हुन्छ ।
Read full story at source (ratopati.com)