गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित
ratopati.com · Sun Aug 16 20:20:34 GMT 2026

गुल्मी । प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा अवरुद्ध हुँदै आएको छ । प्रतिकूल मौसम, दिनहुँ बाक्लो कुहिरो लाग्नेलगायत कारणले रेसुङ्गा विमानस्थलबाट हवाई सेवा नियमित हुन सकेको छैन ।
रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले हवाई सेवा अवरुद्ध हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामका लागि राजधानीसम्म जाने यात्रु थप समस्यामा परेका जानकारी दिए । उडानका लागि विमानस्थल पुग्ने गरेका यात्रुहरू विमानको प्रतीक्षामा बस्ने बताउँदै उहाँले अन्तिम समयमा वायु सेवा निगमले प्रतिकूल मौसमका कारण जनाउँदै उडान तालिका रद्द गरेपछि निराश हुँदै फर्कनुपर्ने बाध्यता रहेको उल्लेख गरे ।
Read full story at source (ratopati.com)