कस्तो रहला तपाईँको भदौ महिना ? हेर्नुहोस् मासिक राशिफल
ratopati.com · Sun Aug 16 21:30:00 GMT 2026

२०८३ भादाै महिनाको राशिफल ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य विद्या भावमा । बुध सुख, सन्तान तथा प्रतिस्पर्धा भावमा । शुक्र १६ गतेसम्म प्रतिस्पर्धा भावमा र १७ गतेबाट व्यापार भावमा । बृहस्पति सुख भावमा । शनि खर्च भावमा । मङ्गल प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् । सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिए पनि प्रविधिको प्रयोग गरी सुधार गर्न सकिनेछ । पेट, आँखा तथा हड्डीमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । महिना भरि नै शनिको आध्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । यदि चिनामा शनि उच्च, स्वगृह र ३, ६, ११ भावमा बलवान भए शुभ फल प्राप्त हुनेछ । तर पनि महिनाभर नै बुध, शुक्र, मङ्गल तथा बृहस्पतिको अनुकूल प्रभाव रहनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । विदेशी सामानको व्यापार, महँगा तथा ब्राण्डेड सामान, पहिरन, शैक्षिक सामाग्री तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । बैक तथा वित्तीय क्षेत्र र शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
Read full story at source (ratopati.com)