यस्तो छ भदौका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर, कुन बैंकको कति ?
nepalviews.com · Mon Aug 17 00:42:04 GMT 2026

काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्, जसअनुसार बैंकहरूको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदरमा गिरावट आएको छ। भदौ महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये ५ वटाले मात्र अघिल्लो महिनाको तुलनामा ब्याजदर घटाएका छन् भने बाँकी १५ वटा बैंकले साउन महिनाकै दरलाई निरन्तरता दिएका छन्। यस महिना कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।
सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.२९ प्रतिशत र संस्थागततर्फ ०.२० प्रतिशतले ब्याजदर कटौती गरेको छ। त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतले ब्याजदर घटाएको छ। यसैगरी, सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगततर्फ ०.१ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतले व्यक्तिगत ब्याजदर कम गरेका छन्। यी तीनवटै बैंकले संस्थागततर्फको ब्याजदर भने साउन महिनाकै दरमा स्थिर राखेका छन्।
Read full story at source (nepalviews.com)