आजदेखि आफूलाई पायक पर्ने बिक्रेताबाट ग्यास खरिद गर्न निगमको आग्रह
nepalviews.com · Mon Aug 17 01:03:44 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यास बिक्रीवितरणको व्यवस्था मिलाएको जनाएको छ। निगमले सूचना जारी गर्दै उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने ग्यास बिक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ।
ग्यास वितरणलाई थप व्यवस्थित बनाउन निगमले उद्योगीहरूलाई दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान ९:०० बजेभित्र उपलब्ध गराउन निर्देशन दिएको छ। यसैगरी, ग्यास बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार पारी अनिवार्य रूपमा सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ भने सम्बन्धित उद्योगले उक्त विवरण सोही दिन निगमलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
Read full story at source (nepalviews.com)