रुसी भूभागमा अहिलेसम्मकै ठूलो युक्रेनी आक्रमण, एकैरात ८०० ड्रोन हमला
lokaantar.com

युक्रेन र रुसबीच जारी युद्धले झनै भयानक रूप लिँदै गएको छ । पछिल्लो समय युक्रेनले रुसी भूभागभित्र अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको छ । रुसले पनि युक्रेनी सहरहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण तीव्र पारेको छ। यी भीषण आक्रमणहरूमा परेर दुवै देशमा गरी १४ जनाभन्दा बढी मानिसको ज्यान गएको छ भने दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ ।
रुसी अधिकारीहरूका अनुसार युक्रेनले रातभरि रुसी भूभागलाई लक्षित गर्दै ८०० भन्दा बढी ड्रोनहरू प्रहार गरेको छ । रुसी सरकारी सञ्चारमाध्यम ‘टास’का अनुसार यो यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमण हो।
Read full story at source (lokaantar.com)