ला लिगामा इस्पनयोलको प्रभावशाली सुरुआत
kendrabindu.com · Mon Aug 17 01:22:22 GMT 2026
काठमाडौं । रोबर्टो फर्नान्डेजको दुई गोलको मदतले इस्पनयोलले आइतबार स्पेनी ला लिगामा लेभान्टेलाई ३–० ले पराजित गर्दै नयाँ सिजन प्रभावशाली सुरुआत लिएको छ । फर्नान्डेजले पहिलो हाफमा दुई गोल गरेपछि ट्रेयस डोलानले तेस्रो गोल थपे ।
अन्य खेलमा रेसिङ सान्टेन्डरले १४ वर्षपछि स्पेनी माथिल्लो डिभिजनमा पुर्नआगमन गर्यो र भिल्लारियलसँग २–२ को बराबरी खेल्यो । गत सिजन तेस्रो स्थानमा आएको भिल्लारियलले दुई गोलले पछाडि रहेको स्थितिबाट यो नतिजा निकालेको हो ।
Read full story at source (kendrabindu.com)