आजदेखि खाना पकाउने ग्यासको बिक्री-वितरण डिलरबाटै
reportersnepal.com · Mon Aug 17 01:32:02 GMT 2026

काठमाडौं, भदौ १ । आजदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण डिलरबाटै हुने भएको छ । नेपाल आयल निगमले आइतबार सूचना प्रकाशित गर्दै आजदेखि सम्बन्धित उद्योगहरूले नियुक्त गरेका बिक्रेताहरूबाट नियमित प्रक्रिया अनुसार नै ग्यासको बिक्री वितरण गर्ने निर्देशन जारी गरेको छ ।
ग्यास सिलिण्डर आवश्यक भएका उपभोक्ताले आफूलाई पायक पर्ने ग्यास बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न सकिनेछ । निगमले ग्यास वितरण कार्यलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन पाँच बुँदे सूचना पनि जारी गरेको छ।
Read full story at source (reportersnepal.com)