अन्तर्राष्ट्रिय उडानमा क्याबिन क्रुको सांकेतिक विरोध
annapurnapost.com · Mon Aug 17 01:31:44 GMT 2026

काठमाडौं : अवकाशको असमान उमेरहदको सांकेतिक विरोधस्वरूप राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगममा कार्यरत क्याबिन क्रुहरूले आइतबारदेखि सांकेतिक विरोध थालेका छन्।
उनीहरूले विभिन्न अन्तर्राष्ट्रिय उडानहरूमा जहाजभित्रै हातमा कालोपट्टी देखाई सांकेतिक विरोध गरेका हुन्। निगम व्यवस्थापनले अदालतको फैसलाविपरीत गई क्याबिन क्रु (एयरहोस्टेस)हरूलाई ४५ वर्षमा उमेरमा अवकाश दिन थालेको हो। श्रम अदालतले कर्मचारी विनियमावलीको दफा ६३ (ख) मा ५० वर्षसम्म क्याबिन क्रुले सेवा गर्न सक्ने प्रावधान भएको औंल्याउँदै एक वर्षअघि वरिष्ठ विमान परिचारिकाद्वय प्रजिता कार्की र सिर्जना केसीलाई काममा फर्काएको थियो। उक्त दफामा भनिएको छ, विमान परिचारक र परिचारिकाको उमेर ५० वर्ष पूरा भएपछि स्वतः अवकाश दिइनेछ।
Read full story at source (annapurnapost.com)