युक्रेनले वर्षकै ठूलो ड्रोन हमला गरेको रुसको दाबी
baahrakhari.com · Mon Aug 17 02:52:46 GMT 2026

काठमाडौं । रुसले आफ्नो भूमिमा युक्रेनले यस वर्षकै अहिलेसम्मको सबैभन्दा ठूलो ड्रोन हमला गरेको दाबी गरेको छ । रुसी अधिकारीहरूका अनुसार युक्रेनबाट भएका ड्रोन हमलामा देशभर कम्तीमा ६–७ जनाको मृत्यु भएको छ ।
रुसको रक्षा मन्त्रालयले रातभरमा करिब ८२२ वटा ड्रोनलाई नष्ट वा अवरोध गरिएको बताएको छ । तीमध्ये करिब ६०० वटा ड्रोन राजधानी मस्को र आसपासका क्षेत्रतर्फ लक्षित थिए । करिब एकतिहाइ ड्रोन मस्को क्षेत्रमै खसालिएको रुसी अधिकारीहरूले बताएका छन् ।
Read full story at source (baahrakhari.com)