लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने
kendrabindu.com · Mon Aug 17 03:15:48 GMT 2026

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। प्रदेशसभा सचिवालयले सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो।
सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनेछन्। त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने तयारी छ।
Read full story at source (kendrabindu.com)