भक्तपुरमा यसरी मनाइयो नागपञ्चमी (तस्बिरहरू)
annapurnapost.com · Mon Aug 17 03:59:14 GMT 2026

भक्तपुर : श्रावण शुक्ल पञ्चमीका दिन पर्ने नागपञ्चमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वको अवसरमा नागपञ्चमीको अवसरमा काठमाडौं उपत्यकाका नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशका विभिन्न नागस्थान, नागदह, र कुण्डहरूमापूजाआजा, जल चढाउने, र प्रसाद वितरणजस्ता धार्मिक कार्यहरू भव्य रूपमा भइरहेको छन्। श्रद्धालुहरू बिहानैदेखि पूजाका सामग्रीसहित ती स्थलहरूमा पुगिरहेका छन्।
परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी, गाईको दूध, दूबो, अक्षता, खीर, रोटी आदिसहित पूजा गरिन्छ। नाग पूजाको परम्परा वैदिक कालदेखि सुरु भएको मानिन्छ। वैदिक मान्यताअनुसार नाग सर्पहरूको राजा हुन्। उनीहरूको क्रोधले पानीको अभाव हुने जनविश्वास भएकाले वर्षा र समृद्धिको कामना गर्दै नागको पूजाआजा गरिन्छ।
Read full story at source (annapurnapost.com)