रोड्रि सिटी छाडेर बार्सिलोना जाने
kendrabindu.com · Mon Aug 17 04:23:51 GMT 2026
काठमाडौं । बार्सिलोनाले स्पेनी विश्वकप विजेता खेलाडी रोड्रिलाई अनुबन्ध गर्न आइतबार म्यानचेस्टर सिटीसँग सहमति गरेको छ । स्पेनी मिडियाका अनुसार ३० वर्षीय मिडफिल्डरका लागि बार्सिलोनाले सिटीलाई आठ करोड ७० लाख डलर तिर्नेछ ।
बार्सिलोना स्रोतका अनुसार खेलाडीको औपचारिक स्थानान्तरणबारे पछि जानकारी दिइनेछ । रोड्रि यसअघि रियल म्याड्रिड जाने भनिएको थियो । तर, बार्सिलोनाले उनीप्रति बढी रुचि देखाएको थियो । विश्वकपमा उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।
Read full story at source (kendrabindu.com)