सामाजिक सञ्जालमा लेखेर अध्यक्ष हटाउने शैली स्वीकार्य हुँदैन : ओली
baahrakhari.com · Mon Aug 17 04:34:41 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका आन्तरिक विषय सामाजिक सञ्जालमा ल्याउने वा सार्वजनिक रूपमा हस्ताक्षर संकलन गर्ने कार्यलाई अनुशासनहीनता र अराजकताको संज्ञा दिएका छन् ।
आइतबार (साउन ३१) झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीको विधि र पद्धतिभन्दा बाहिर गरिने कुनै पनि गतिविधि मान्य नहुने चेतावनी दिए । नेतृत्वप्रति असन्तुष्टि भए वा अध्यक्ष परिवर्तन गर्नुपर्ने लागे पार्टीका सम्बन्धित कमिटीहरूमा छलफल गर्नुपर्नेमा उनले जोड दिए ।
Read full story at source (baahrakhari.com)