रोनाल्डोले सन्यास लिन लागेका हुन् ?
clickmandu.com · Mon Aug 17 04:36:11 GMT 2026
एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष आफ्नो खेल जीवनको सम्भवतः अन्तिम वर्ष हुने बताएर सन्यासको चर्चालाई थप बल पुर्याएका छन् । ४१ वर्षीय रोनाल्डोले ‘भोग’ म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा आफ्नो भव्य करियर अन्त्य गर्ने संकेत दिएका हुन् ।
विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित खेलाडीमध्येका एक रोनाल्डोले सन् २००२ मा ‘स्पोर्टिङ सीपी’ बाट डेब्यु गरेयता ‘म्यानचेस्टर युनाइटेड’, ‘रियल मड्रिड’, ‘युभेन्ट्स’ र हालको क्लब ‘अल-नासर’ बाट खेल्दै थुप्रै प्रमुख ट्रफीहरू जितेका छन् । पाँच पटकका ‘बालोन डी’ओर’ विजेता रोनाल्डोले यस वर्षको ‘वर्ल्ड कप’ मा पोर्चुगलको हारसँगै आफ्नो ट्रफी क्याबिनेटमा विश्वकपको उपाधि भने थप्न सकेनन् ।
Read full story at source (clickmandu.com)