साउनमा राजस्व ८.२५ प्रतिशतले बढ्यो, खर्च भने घट्यो
bishowkhabar.com · Mon Aug 17 04:39:14 GMT 2026

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा सरकारको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२५ प्रतिशतले बढेको छ । साउन मसान्तसम्म सरकारले ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।
सरकारले चालु आर्थिक वर्षमा राजस्व संकलन २७ प्रतिशतले बढाएर १५ खर्ब ८० अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ। गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । साउनमा संकलित कुल राजस्वमध्ये कर राजस्व ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको साउनमा ८० अर्ब ६७ करोड ७ लाख रुपैयाँ कर राजस्व संकलन भएको थियो। यस वर्ष कर राजस्व ४ अर्ब ५१ करोड ९९ लाख रुपैयाँले बढेको हो ।
Read full story at source (bishowkhabar.com)