ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन
nepalnews.com · Mon Aug 17 05:10:24 GMT 2026

कैलाली। बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ।
आज बिहान बर्दगोरिया–१ स्थित मुडा पुल नजिकै उहाँ सवार से १–०१–००१ ख नम्बरको स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको थियो। गम्भीर घाइते हुनुभएकी नेत्री सापकोटालाई दोदोधरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
Read full story at source (nepalnews.com)