विद्युत् प्राधिकरणको नाफा पौने ४ अर्बले घट्यो
ratopati.com · Mon Aug 17 05:19:12 GMT 2026

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको खुद नाफामा उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रतिवेदनअनुसार प्राधिकरणको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३ अर्ब ८७ करोड रुपैयाँले घटेको छ।
गत आर्थिक वर्षमा प्राधिकरणले ५ अर्ब ४ करोड रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको खुद नाफा ८ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो। प्राधिकरणको नाफा अघिल्ला वर्षहरूका तुलनामा निरन्तर घट्दो क्रममा देखिएको छ।
Read full story at source (ratopati.com)