किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा आज सुनुवाइ हुँदै
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठविरुद्धको बन्दीप्रत्यक्षीकरण मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुदैछ। सर्वोच्च अदालतको इजलास नम्बर ४ मा माननीय न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ परेर कारबाही अघि बढेको छ।
यसअघि, विनाआधार पक्राउ गरिएको दाबी गर्दै पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई अदालतमा सशरीर उपस्थित गराउन आदेश जारी गरेको थियो।
Read full story at source (hamrakura.com)