इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु
makalukhabar.com · Mon Aug 17 05:32:49 GMT 2026

एजेन्सी । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा शनिवार भएका दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् ।
लेबनानी राष्ट्रपति जोसेफ आउनले यस आक्रमणले हाल जारी वार्ता प्रक्रियामा बाधा पुर्याउने स्पष्ट सन्देश दिएको बताएका छन् । लेबनानी सञ्चारमाध्यम ‘अल–जदिद टेलिभिजन’काअनुसार नबातिह जिल्लाको ‘देर अल जाहरानी’ सहरमा रहेको एक दुई तले भवनलाई लक्षित गरी गरिएको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
Read full story at source (makalukhabar.com)