‘२२ प्रतियोगी, २२ कथा’ : इटहरीमा ‘मिसेस पूर्वेली आइकन-३’ को तयारी तीव्र
kalakarmi.com · Mon Aug 17 05:38:43 GMT 2026

इटहरी- विवाहपछि महिलाको क्षमता र पहिचान घरपरिवारकै परिधिमा सीमित हुन्छ भन्ने परम्परागत सोचलाई चिर्दै कोशी प्रदेशका २२ विवाहित महिलाहरू आफ्नो नयाँ परिचय स्थापित गर्न मञ्चमा उत्रिँदैछन् । बाहिरी सौन्दर्यलाई मात्र मापन गर्ने परम्परागत मान्यतालाई बदल्दै, महिला सशक्तीकरण र प्रतिभालाई केन्द्रमा राखेर ‘मिसेस पूर्वेली आइकन’ तेश्रो संस्करणको तयारी इटहरीमा तीव्र पारिएको छ ।
आयोजक ओपन स्पेस प्रालिले यस प्रतियोगितालाई केवल एक ‘ब्युटी पेजेन्ट’ मा सीमित नराखी विवाहित महिलाहरूको आत्मविश्वास बढाउने र उनीहरूको वास्तविक क्षमता समाजसामु ल्याउने सशक्त प्लेटफर्मका रूपमा अघि बढाएको छ । यो तेस्रो संस्करणमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट छानिएका २२ जना महिलाहरूले प्रतिस्पर्धा गर्दैछन् । आयोजकका अनुसार यसपटकको मञ्चमा डाक्टर, शिक्षक र बैंकरदेखि लिएर सफल गृहिणीसम्मको उत्साहजनक सहभागिता रहेको छ ।
Read full story at source (kalakarmi.com)