‘नागपूजा केवल धार्मिक आस्था होइन, प्रकृति र जीवसँग सहअस्तित्वको सन्देश हो’ : डा. योगी
kalakarmi.com · Mon Aug 17 06:12:21 GMT 2026

काठमाडौं- श्रावण शुक्ल पक्षको पञ्चमीका दिन नागदेवताको पूजा–आराधना गरी नागपञ्चमी पर्व मनाउने परम्परा छ । यस दिन घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने, दूध तथा अन्य पूजासामग्री अर्पण गर्ने परम्परा छ ।
धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार नागलाई देवताको रूपमा पूजा गर्ने प्रचलन रहेपनि यसको सम्बन्ध प्रकृति, पर्यावरण र मानव–जीव सहअस्तित्वसँग समेत जोडिएको संस्कृतिविद्हरू बताउँछन् । संस्कृतिविद्, अध्यात्म चिन्तक एवम् शिक्षासेवी डा. चिन्तामणि योगीले नागपूजा केवल सर्पको पूजा नभई प्रकृतिको मूल शक्ति र प्रारम्भिक जीवप्रति सम्मान गर्ने नेपाली संस्कृतिको महत्वपूर्ण परम्परा भएको बताए ।
Read full story at source (kalakarmi.com)