केन्द्रको सत्ता समझदारीलाई चुनौती दिँदै कँडेल, कर्णालीमा मन्त्रालय भागबन्डा पेचिलो
barnanmedia.com · Mon Aug 17 06:24:20 GMT 2026

सत्तासाझेदार दुई दल नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार अन्योलमा परेको छ । एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मन्त्रालय भागबन्डामा आफ्नो अडान नछाडेपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
यही साउन ९ गते केन्द्रमा भएको सत्ता समीकरणसम्बन्धी तीनबुँदे सहमतिअनुसार एमालेले नेकपाका नेता शाहीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको थियो । त्यसपछि कर्णालीमा एमाले र नेकपाबीच सत्ता साझेदारीको संरचना टुंग्याउने प्रयास भए पनि मन्त्रालय बाँडफाँटमा कुरा मिलेको छैन ।
Read full story at source (barnanmedia.com)