फुटबल जगतमा रोनाल्डोको सनसनीपूर्ण संकेत : ‘सायद यो मेरो अन्तिम वर्ष हो’
kalakarmi.com · Mon Aug 17 06:36:31 GMT 2026
काठमाडौं- पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन् । उनले सम्भवतः यो वर्ष आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुन सक्ने बताएका छन् ।
रोनाल्डोले आफूले फुटबलबाट बिदा लिनुअघि उत्कृष्ट विरासत छाड्न चाहेको बताएका हुन् । उनले फुटबलपछि गर्ने कामका बारेमा समेत योजना बनाइसकेको बताएका छन् । ‘सम्भवतः यो मेरो फुटबलको अन्तिम वर्ष हो र म उत्कृष्ट विरासत छाड्न चाहन्छु । मैले आफ्नो भविष्यका लागि सबै योजना बनाइसकेको छु,’ रोनाल्डोले भनेका छन् ।
Read full story at source (kalakarmi.com)