बागमती र लुम्बिनीमा राप्रपा तटस्थ बस्ने
ratopati.com · Mon Aug 17 06:42:01 GMT 2026

काठमाडौँ । बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ । बागमतीमा कांग्रेसका इन्द्र बानियाँ र लुम्बिनीमा एमालेका चेतनारायण आचार्यले विश्वासको मत लिँदैछन् ।
‘राप्रपाले प्रदेश सरकारमा आज विश्वासको मत लिँदै गरेका बागमती र लुम्बिनी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ’, राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, ‘यस सम्बन्धमा प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई पार्टीले निर्देशन दिएको छ ।’
Read full story at source (ratopati.com)