म्यानपावर व्यवसायीले आन्दोलन फिर्ता लिए, ४५ दिनभित्र माग सम्बोधन गर्ने सहमति
kendrabindu.com · Mon Aug 17 06:42:20 GMT 2026

सरकार र वैदेशिक रोजगार व्यवसायीबीच भएको वार्तापछि व्यवसायीहरूले घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन्। व्यवसायीले उठाएका १५ बुँदे माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिइएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीले जानकारी दिए।
सहमति भएसँगै व्यवसायीहरूले भोलिदेखि नियमित रूपमा कार्यालय सञ्चालन गर्ने भएका छन्। व्यवसायीहरूले सेवा शुल्क तोक्नुपर्ने, वैदेशिक रोजगार विभागबाट भएका कारबाही फिर्ता लिनुपर्ने लगायतका माग राख्दै आन्दोलन घोषणा गरेका थिए।
Read full story at source (kendrabindu.com)