झारखण्ड विद्यार्थी आन्दोलन चर्कियो, देवेन्द्रनाथको भोक हडताल १५औँ दिनमा; सरकारसँग वार्ताको तयारी
arthadabali.com · Mon Aug 17 06:59:35 GMT 2026

काठमाडौं / झारखण्ड लोकसेवा आयोग (जेपीएससी) र झारखण्ड कर्मचारी छनोट आयोग (जेएसएससी) का भर्ती परीक्षामा कथित अनियमितताको विरोधमा विद्यार्थी नेता देवेन्द्रनाथ महतोले थालेको भोक हडताल १५औँ दिनमा पुगेको छ । आन्दोलनरत विद्यार्थीहरूले शिक्षा प्रणालीमा स्थायी सुधारको माग गरेका छन् ।
महतोले आइतबार सामाजिक सञ्जाल एक्समार्फत सरकारले सोमबार वार्ताका लागि बोलाएको जानकारी दिँदै वार्ताबाट सकारात्मक निष्कर्ष निस्कने आशा व्यक्त गरेका छन् । उनले आगामी पुस्ताले आफूहरूले जस्तै पीडा, संघर्ष र कठिनाइ भोग्न नपर्ने गरी शिक्षा प्रणालीमा स्थायी सुधार गर्नुपर्ने बताएका छन् ।
Read full story at source (arthadabali.com)