शक्तिशाली भूकम्पपछि इन्डोनेसियामा १२ हजार ८ सय विस्थापित
barnanmedia.com · Mon Aug 17 07:22:47 GMT 2026

१ भदौ, काठमाडौं । पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ५३ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्। भूकम्पपछि घरहरू क्षतिग्रस्त हुँदा १२ हजार ८०० भन्दा बढी मानिस विस्थापित भएका छन्।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार सोमबार बिहानसम्म फ्लोरेसका विभिन्न क्षेत्रमा घर फर्कन नसक्ने विस्थापितको संख्या १२ हजार ८०० पुगेको हो। लगातार परकम्प आइरहेकाले धेरै बासिन्दा दोस्रो रात पनि घरबाहिरै बिताउन बाध्य भएका छन्
Read full story at source (barnanmedia.com)