साउदी-टर्की-पाकिस्तानको रक्षा सम्झौतालाई ट्रम्पको स्वागत, भने- ‘ठूलो र साहसिक कदम’
kalakarmi.com · Mon Aug 17 07:14:45 GMT 2026

वासिङ्टन, डी.सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच हालै भएको मक्का संयुक्त रक्षा सम्झौताको स्वागत गरेका छन् । उनले त्रिपक्षीय सुरक्षा सहकार्यलाई क्षेत्रीय सुरक्षा र आत्मनिर्भरतातर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा साउदी अरेबिया, टर्की र पाकिस्तानले अन्ततः सम्झौतामा हस्ताक्षर गरेकोमा आफू निकै खुसी भएको बताएका छन् ।क्षेत्रीय सुरक्षा संरचनामा भइरहेको परिवर्तनतर्फ संकेत गर्दै ट्रम्पले मध्यपूर्व क्रमशः एकजुट हुँदै गएको र सम्बन्धित देशहरूले आफ्नो सुरक्षा आफैं प्रभावकारी रूपमा गर्न सक्ने अवस्था बन्दै गएको बताएका छन् । उनले सम्झौतालाई ‘ठूलो, साहसिक र महत्वपूर्ण पहिलो कदम’ समेत भनेका छन् ।
Read full story at source (kalakarmi.com)