पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु
barnanmedia.com · Mon Aug 17 07:33:32 GMT 2026

भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
प्रहरीका अनुसार राजधानी कोलकाताबाट करिब २२० किलोमिटर उत्तरमा पर्ने बिरभूम जिल्लाको तारापीठस्थित चारतले होटलको भुइँतल्लामा बिहान सबेरै आगलागी सुरु भएको थियो । प्रहरी अधिकारीका अनुसार भुइँतल्लाको रिसेप्सनमा प्रयोग गरिएका फल्स सिलिङ, फाइबरग्लास तथा अन्य ज्वलनशील सामग्री जलेर निस्किएको विषाक्त धुवाँका कारण अधिकांशको मृत्यु भएको हो ।
Read full story at source (barnanmedia.com)