स्विट्जरल्यान्डमा मोटर-गियरबिनै ध्वनिबाट चल्ने 'माइक्रो ड्रोन' विकास, हावा र पानीमा चलाउन सफल
techpana.com · Mon Aug 17 07:42:07 GMT 2026

काठमाडौं । स्विट्जरल्यान्डको स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी लुसान (ईफपीएल) का अनुसन्धानकर्ताले आवाजको तरङ्गलाई ऊर्जाका रूपमा प्रयोग गरेर हावा र पानीमा चल्न सक्ने अत्यन्तै साना ड्रोन विकास गरेका छन् । अनुसन्धानकर्ताले ड्रोनमा विशेष किसिमका खोक्रा संरचना अर्थात् ‘क्याभिटी’ जडान गरी ध्वनि तरङ्गलाई प्रोपल्सन (अगाडि बढ्ने शक्ति) मा रूपान्तरण गरेका हुन् ।
यस प्रविधिमा ड्रोनले पाउने थ्रस्ट (अगाडि बढ्ने बल) प्रयोग गरिएको ध्वनिको फ्रिक्वेन्सीअनुसार फरक हुन्छ । ईपीएफएलको इन्जिनियरिङ साइन्सेस एन्ड टेक्नोलोजीको माइक्रोबायोरोबोटिक सिस्टम्स ल्याबोरेटरी (MicroBS) ले विकास गरेको प्रविधिमा गोलाकार वा घण्टी आकारका खोक्रा संरचना प्रयोग गरिएको छ । यी संरचनालाई ‘क्याभिटी’ भनिएको छ।
Read full story at source (techpana.com)