काभ्रेमा जिप सडकबाट खस्दा दुईको मृत्यु, तीन जना गम्भीर घाइते
kalakarmi.com · Mon Aug 17 07:56:42 GMT 2026

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१, स्याउलीथलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
सोमवार पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।दुर्घटनामा जिपमा सवार कलबहादुर माझीसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का मृतकको भने पहिचान खुल्न बाँकी रहेको छ ।
Read full story at source (kalakarmi.com)