देउवाले किन भने 'म हिन्दु हुँ' ?
nagariknews.nagariknetwork.com · Mon Aug 17 07:33:54 GMT 2026

सक्रिय राजनीतिबाट अलग भएको आकलन गरिएका बेला नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफूलाई हिन्दु धर्मको पक्षमा उभ्याएका छन्। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै देउवा सत्ता राजनीतिबाट पाखा लागेका थिए। उनले पुसमा भएको विशेष महाधिवेशनबाट पार्टीको सत्ता पनि गुमाए। यी दुवै घटनापछि निष्क्रिय देखिएका देउवाले फेरि आफूलाई सक्रिय राजनीतिमा उभ्याउने संकेत देखाएका छन्।
पार्टी आधिकारिकता विवादलाई लिएर सर्वोच्च अदालतले सुनाएको फैसला पुनरवलोकनका लागि देउवा र उनी पक्षले दिएको निवेदनमा अदालतबाट निस्सा प्राप्त भएको छ। विशेष महाधिवेशनबाट पार्टी सत्ता गुमाएका देउवा साढे पाँच महिना विदेश बसेर बिहीबार स्वदेश फर्किएका थिए। पार्टी सत्ता गुमेपछि देउवासहितको पक्ष असन्तुष्ट छ। असन्तुष्ट पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई अस्वीकार गर्दै आएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)