रविले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, के छन् मुख्य एजेन्डा ?
clickmandu.com · Mon Aug 17 08:19:16 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी भदौ ५ गतेका लागि पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठकको मुख्य एजेन्डा रिक्त रहेका पदाधिकारी र केन्द्रीय सदस्यहरूको मनोनयन रहेको छ । रास्वपामा हाल एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष पद रिक्त छन् । सभापति लामिछानेले यी पदहरूमा मनोनयनको प्रस्ताव बैठकमा पेस गर्ने र सोही बैठकबाट अनुमोदन गराउने तयारी गरेका छन् ।
Read full story at source (clickmandu.com)