प्राधिकरणले पीपीए नगरे निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिइयोस् : मोहन डाँगी
ratopati.com · Mon Aug 17 08:27:17 GMT 2026

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष मोहन डाँगीले नेपाल विद्युत् प्राधिकरणलाई निजी क्षेत्रका आयोजनाहरूको तत्काल विद्युत् खरिद सम्झौता (पीपीए) गर्न आग्रह गरेका छन् ।नेपाल विद्युत् प्राधिकरणले उत्पादित सबै विद्युत् किनेर व्यापार गर्न नसक्ने हो भने निजी क्षेत्रलाई नै विद्युत् व्यापारको अनुमति दिन इपानले सरकारसँग माग गरेको छ।
इपानका अध्यक्ष मोहन डाँगीले पीपीएको पर्खाइमा रहेका आयोजनाहरूमा निजी क्षेत्रको करिब ६६ अर्ब रुपैयाँ लगानी जोखिममा परेको बताए। ‘हामी विद्युत् उत्पादन गर्छौं, प्राधिकरणलाई दिन्छौँ। तर प्राधिकरणले यो स्तरमा व्यापार गर्न नसक्ने हो भने हाम्रो लगानी सुरक्षाका लागि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति पत्र यथाशीघ्र दिइयोस्, यो हाम्रो रहर नभई बाध्यता हो,’ उनले भने।
Read full story at source (ratopati.com)