‘मन्त्रीका भान्सामा अभाव नहुने, जनताको चुलो नबल्ने?’
ratopati.com · Mon Aug 17 08:26:41 GMT 2026

काठमाडौँ। मुलुकमा व्याप्त खाना पकाउने ग्यास (एलपीजी) को अभाव, बाढी–पहिरोबाट भएको जनधनको क्षति र समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय सभाको बैठकमा ‘शून्य समय’ मा बोल्दै सांसद गीता देवकोटाले बजारमा ग्यासको नियमित आयात भनिए पनि सर्वसाधारणले घण्टौँ लाइनमा बस्दा समेत नपाएको गुनासो गरेकी छन्। सरकार र मन्त्रीका भान्सामा अभाव नहुने तर जनताको चुलो नबल्ने अवस्थाको अन्त्य गर्न माग गर्दै पारदर्शी वितरण प्रणाली र कालोबजारी नियन्त्रणका लागि सरकारलाई रुलिङ गर्न उनले माग गरेकी छन्।
Read full story at source (ratopati.com)