नागपञ्चमीमा भक्तपुरको नागपोखरीमा भक्तजनको बाक्लो उपस्थिति
annapurnapost.com · Mon Aug 17 08:22:10 GMT 2026

भक्तपुर : नागपञ्चमीको अवसरमा भक्तपुर नगरपालिका- १० थालाछेँस्थित नागपोखरीमा विशेष पुजाअर्चना गरिएको छ । बिहानैदेखि श्रद्धालुहरुले दुध, अक्षता, चन्दन र फूल लगायतले श्रद्धापूर्वक पूजाआराधना गरिरहेका छन् । नागपोखरी परिसर भक्तजनले भरिभराउ भएको छ ।
मल्लकालमा भुपतिन्द्र मल्लले पाँच तले मन्दीर बनाउँदा थालाछेँको माटो प्रयोग गरीएको र त्यहाँ पोखरी निर्माण भएको किंवदन्ती रहेको स्थानीय वीरेन्द्र जति बताउँछन् । पोखरीको छेउमा उमामहेश्वरको मूर्ति स्थापना गरिएको छ । उमामहेश्वरको रक्षक समेत मानिने नाग देवताको प्रतिमा पोखरीको बीचमा बिराजमान देखिन्छ ।
Read full story at source (annapurnapost.com)