मन्त्रीलाई हेलिकप्टर, जनतालाई स्टेचर पनि छैन : सांसद बराल
ratopati.com · Mon Aug 17 08:30:12 GMT 2026

काठमाडौँ । नेकपा एमालेकी सांसद यशुदा बरालले सरकारले मन्त्री र सर्वसाधारण नागरिकबिच उपचारमा विभेद गरेको भन्दै आपत्ति जनाएकी छिन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समयमा सांसद बरालले मन्त्री बिरामी हुँदा तत्काल हेलिकोप्टर पुग्ने तर गरिब जनताले अस्पतालमा एउटा स्टेचरसमेत नपाउने अवस्था रहेको भन्दै सरकारको आलोचना गरेकी हुन् ।
सांसद बरालले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल बिरामी हुँदा हेलिकप्टरबाट उद्धार गरिएको सन्दर्भलाई जोड्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन् । ‘मन्त्री बिरामी हुँदा हेलिकोप्टर पुग्छ, तर जनताले अस्पतालमा स्टेचरसमेत पाएका छैनन्,’ उनले भनिन्, ‘मैले भौतिक पूर्वाधार मन्त्रीलाई हेलिकप्टरबाट उद्धार गर्न हुन्न भन्न खोजेकी होइन, तर सरकारले सबैलाई समान व्यवहार गर्नुपर्छ । सबै बिरामीले समयमा उपचार पाउनुपर्छ ।’
Read full story at source (ratopati.com)