रोल्पामा दुई सातामै विपदमा २२ जनाको मृत्यु, वर्षमान पुनले गराए सरकारको ध्यानाकर्षण
arthadabali.com · Mon Aug 17 08:35:48 GMT 2026

काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मनसुन सुरु भएसँगै रोल्पामा बाढी, पहिरो र चट्याङका घटनामा परी पछिल्लो दुई सातामा २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले रोल्पाका विभिन्न क्षेत्रमा पहिरोमा परी ठूलो जनधनको क्षति भएको जानकारी गराएका हुन्। उनका अनुसार साउन २७ गते थवाङ गाउँपालिकाको उवा क्षेत्रमा गएको भीषण पहिरोमा १३ जनाको मृत्यु भएको छ।
Read full story at source (arthadabali.com)