एसियाली खेलकुदका लागि अफगानिस्तानको क्रिकेट टोली घोषणा
ratopati.com · Mon Aug 17 08:42:55 GMT 2026
काठमाडौँ । अफगानिस्तानले जापानको आइची–नागोयामा आयोजना हुने २०२६ को एसियाली खेलकुदका लागि १५ सदस्यीय क्रिकेट टोली घोषणा गरेको छ । अफगानिस्तान क्रिकेट बोर्डको राष्ट्रिय छनोट समितिले घोषणा गरेको टोलीको कप्तानी दारविश रसौलीले गर्नेछन् ।
टोलीमा युवा खेलाडीलाई प्राथमिकता दिइएको छ । यद्यपि अनुभवी खेलाडी नजिबुल्लाह जद्रान र करिम जनातलाई पनि टोलीमा समावेश गरिएको छ । नियमित कप्तान रशिद खानसँगै रहमानुल्लाह गुरबाज, अजमतुल्लाह ओमरजाईलगायतका प्रमुख खेलाडी भने टोलीमा छैनन् ।
Read full story at source (ratopati.com)