जाजरकोट पहिरो प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर
ratopati.com · Mon Aug 17 08:47:43 GMT 2026

सुर्खेत। जाजरकोटका पहिरो प्रभावित नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शनिबार बेलुका भेरी नगरपालिका–२, मा पहिरोले झन्डै ३०० नागरिक प्रभावित भएका थिए। उनीहरूलाई रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालयको प्राङ्गणमा राखिएको छ।
सोमबार जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजना, कर्णाली प्रदेश प्रहरी अस्पतालकाे समन्वयमा बाढी तथा पहिरो प्रभावित स्थानीयवासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
Read full story at source (ratopati.com)