‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा
baahrakhari.com · Mon Aug 17 08:49:35 GMT 2026

काठमाडौं । सरकारले जलविद्युत् आयोजनाको विकासमा लामो समयदेखि देखिँदै आएको ‘लाइसेन्स राज’ अन्त्य गरी निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धी प्रणाली स्थापना गर्ने घोषणा गरेको छ । उत्पादन बढ्दै गएपछि वर्षायाममा खेर जाने विद्युत्को अधिकतम उपयोगका लागि मौसमी विद्युत् दर लागु गर्ने तयारी समेत सरकारले अघि बढाएको छ ।
नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा सरकारले ऊर्जा क्षेत्रमा निजी तथा बाह्य लगानी आकर्षित गर्न नीतिगत स्थिरता र प्रतिस्पर्धी वातावरण आवश्यक रहेको भन्दै जलविद्युत् विकासको विद्यमान प्रणालीमा सुधार गर्ने घोषणा गरेको हो ।
Read full story at source (baahrakhari.com)