संवादबाटै शैक्षिक समस्याको दीगो समाधान खोज्दैछौं : शिक्षामन्त्री पोखरेल
nepallive.com · Mon Aug 17 08:59:48 GMT 2026

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका छन् ।
मन्त्री पोखरेलले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै शिक्षामन्त्रीका रूपमा पदबहाली गरेदेखि नै आफूले शिक्षा क्षेत्रका विषयलाई गम्भीरतापूर्वक बुझ्न ‘सुन्ने र सिक्ने’ शैली अपनाउँदै आएको उनले बताए । पहिलो १०० दिनमा तत्कालीन सुधार र सुशासनका लागि आवश्यक केही नियम तथा निर्देशिकामा काम गरिएको र अब मन्त्रालयको प्राथमिकता नयाँ शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन तथा उच्च शिक्षामा समसामयिक सुधारमा केन्द्रित रहेको उनको भनाइ छ ।
Read full story at source (nepallive.com)