बाढी-पहिरो पीडितको उद्दार, राहत र पुनर्स्थापना प्रभावकारी बनाउन विपक्षी दलको माग
annapurnapost.com · Mon Aug 17 08:54:26 GMT 2026

काठमाडौं : बाढी पहिरो पीडितको उद्दार,राहत र पुनर्स्थपना प्रभावकारी बनाउन विपक्षी दलहरूले सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अधिकांश सांसदहरूले बाढी पहिरोबाट ठूलो संख्यामा नागरिकहरू प्रभावित भएको उल्लेख गर्दै विपद्मा परेका नागरिकको तत्काल उद्दार,राहत वितरण र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।
नेकपा एमालेकी सांसद पद्मा अर्यालले बाढीपहिरोबाट विस्थापित नागरिकको पुनर्स्थापनाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने माग गरेकी छन्। एमाले सांसद अर्यालले जोखिममा परेका नागरिकको तत्काल उद्धार,घाइतेहरूको उचित उपचार तथा विस्थापितहरूको पुनर्स्थापनालाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरिन्।
Read full story at source (annapurnapost.com)