भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान
nepalviews.com · Mon Aug 17 09:07:20 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान गरिएको हो ।
तीनदिने नेपाल भ्रमणका लागि सेठ आइतबार नेपाल आइपुगेका थिए । उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवम् नेपालका लागि भारतका राजदूतको उपस्थिति रहेको थियो ।
Read full story at source (nepalviews.com)