बागमतीका मुख्यमन्त्री बानियाँले गरे राजीनामाको घोषणा
barnanmedia.com · Mon Aug 17 09:02:16 GMT 2026

हेटौँडा: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वासको मत लिनुअघि नै राजीनामा दिने बताएका हुन्।
प्रदेशसभामा आफ्नो पक्षमा आवश्यक बहुमत नपुग्ने भएपछि बानियाँले यस्तो निर्णय गरेका हुन्। उनले राजनीतिक स्थायित्व कायम गर्न नयाँ सरकार गठनका लागि बाटो खोल्न राजीनामा दिएको बताए।
Read full story at source (barnanmedia.com)